२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार

प्रतिक्षा काफले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसीलाई मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार

त्यस्तै माओवादीका रेशमबहादुर जुग्जालीलाई पनि पाण्डेले मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार जीसीलाई आर्थिक मामिला र थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै माओवादीका जुग्जालीलाई भौतिक मन्त्रालयको जिम्मा दिइएको छ । एकीकृत समाजवादीका सांसद राजीव गुरुङ(दीपक मनाङे) लाई पनि मन्त्री बनाउने भनिए पनि अहिलेसम्म टुंगो लागेको छैन ।

एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादीकी सुशीला सिम्खडाले वैशाख १५ गते बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई सामाजिक र अर्याललाई कृषि मन्त्रालयको जिम्मा दिएका छन् ।

नवनियुक्त मन्त्रीहरूको शपथ शुक्रबार अपराह्न ४ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने छ ।

प्रकाशित : वैशाख २९, २०८० १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?