२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

प्रतिक्षा काफले

पोखरा — गण्डकी प्रदेशसभाको अधिवेशन बिहीबारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २१ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले आइतबार निकालेको विज्ञप्तिमा लेखिएको छ, 'प्रदेश प्रमुख पृथ्वीमान गुरुङज्यूद्वारा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन प्रदेशसभा भवन, नदीपुरमा संवत् २०८० साल वैशाख २१ गते बिहीबार १४:०० बजेदेखि आरम्भ हुने गरी आह्वान गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।'

यसअघि दोस्रो अधिवेशन वैशाख ९ गते सुरु भएको थियो । तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरेका थिए । अधिकारीले विश्वासको मत प्राप्त नगरेपछि सोही दिन दोस्रो अधिवेशन अन्त्य गरिएको थियो ।

बिहीबारदेखि सुरु हुने यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक (बजेट), लगायत विधेयक पेस हुने प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकारी नेतृत्व सरकार ढलेपछि गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार गठन भएको छ ।

प्रकाशित : वैशाख १७, २०८० १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?