१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

वडामै लोकसेवा तयारी कक्षा

बागलुङ — बागलुङको काठेखोला गाउँपालिका वडा नं ३, धम्जाले वडाभित्रका युवा विद्यार्थीहरूलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा सञ्चालन गराएको छ ।

वडामै लोकसेवा तयारी कक्षा

वडा नं ३ धम्जाले मंगलबार बागलुङ सदरमुकाममा एक कार्यक्रमबीच लोकसेवा तयारी कक्षा सुरु गरेको हो ।

वडाका किशोर किशोरीलाई स्वदेशमै स्वालम्बी बन्न उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि आफूहरुले नि:शुल्क तयारी कक्षाको सुरु गरेको वडा अध्यक्ष कुलबहादुर विकले जानकारी दिए ।

यसका लागि आफूहरुले २० जना युवाहरूलाई सदरमुकाममा राखेर लोकसेवा र शिक्षक सेवा आयोग पढाउने उनको भनाइ छ । यस्ता कक्षाहरुले सक्षम नागरिक उत्पादन गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने पनि अध्यक्ष विकले बताए ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले यस कार्यक्रमबाट विद्यार्थीको हौसला बढाउने र सकारात्मक प्रतिफल आउने विश्वस व्यक्त गरे । काठेखोला ३, को आर्थिक सहयोग र हेमन्त मल्टी एजुकेसनल सर्भिसको संयोजनमा उक्त कक्षा सञ्चालन हुन थालेको हो ।

प्रकाशित : चैत्र २४, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?