कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगलागीमा परेर एक जनाको मृत्यु

दोलखा — दोलखाको विगु गाउँपालिका-८ मा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विगु-८ खोपाचाँगुका ८३ वर्षीय वृद्ध खड्गबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

जस्ताको टहरामा पसल सञ्चालन गर्दै आएको श्रेष्ठको बुधबार बिहान ३ बजे तिर अचानक पसलमा भएको आगलागीमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीले पसल पूर्ण रूपमा जल्दा ४ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । श्रेष्ठ पसलमा एक्लै बस्दै आएका थिए । आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

प्रकाशित : चैत्र १४, २०८० ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?