कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ — विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्वअध्यक्ष खड्कासहित २७ जनालाई मुद्दा चलाएकामा ६ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पूर्वअध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं, दुर्गाबहादुर तामाङ, नोर्बु लामा तथा पाइक कन्ट्रकसनका सञ्चालक अमृतबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको हो । पूर्वअध्यक्ष खड्कालाई १ करोड ९९ लाख रुपैयाँ जरिवाना र छ महिना कैद सजाय सुनाइएको छ ।

यसैगरी न्यौपाने र चौलागाईंको एकमा जनही ३ महिना कैद र ६३ लाख रुपैयाँ जरिवाना तथा तामाङ र लामाको हकमा जनही ३ महिना कैद तथा ३१ लाख रुपैयाँ जरिवाना हुने भएको उपरजिस्ट्रार एवं प्रवक्ता कार्कीले बताए ।

प्रकाशित : चैत्र १३, २०८० २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?