२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

लामाबगरबाट ४ केजी सुन बरामद

केदार सिवाकोटी

दोलखा — दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपासबाट प्रहरीले चीनबाट अवैध रूपमा ल्याएको सुन बरामद गरेको छ । प्रहरीले बुधबार राति ४ केजी सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।

बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए । स्रोतका अनुसार ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।

४ पिस पहेँलो धातुसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी गराउने तयारी गरेको छ ।

आइतबारदेखि चीनले रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ । तर यी नाकाबाट सन तस्करी हुन नसक्ने स्थानीयले बताएका छन् । चीनले बन्दगरेको लप्ची नाकाबाटै सुन तस्करले भित्राएको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ ।


प्रकाशित : आश्विन ११, २०८० ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?