कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

वाग्मतीको बजेट ८ अर्ब घट्यो [पूर्णपाठ]

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा करिब ८ अर्ब घटाएर आगामी आवको नीति तथा योजनाको कार्यान्वयन गर्ने गरी शुक्रबार बजेट सार्वजनिक गरेको हो ।

वाग्मतीको बजेट ८ अर्ब घट्यो [पूर्णपाठ]

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रदेशसभाको बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ छ । कुल बजेटको चालुतर्फ ४२ दशमलव ५८ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव ६२ र वित्तीय व्यवस्थातर्फ ० दशमलव ८ प्रतिशत बजेट विनियोजन गरिएको हो ।

स्रोततर्फ कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख र अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणमार्फत १७ अर्ब ८१ करोड २३ लाख, प्रदेश सञ्चित कोष र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख बेहोरिने बताइएको छ ।

चालु आवमा प्रदेशले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्याएको छ । आवमा समानीकरण अनुदानवापत् प्रदेशका ११३ स्थानीय तहमा १ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याएको मन्त्री लामाले बताए । स्थानीय तहका लागि सशर्त अनुदान तर्फ २ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ २ अर्ब ३५ करोड ७ लाख र विशेष अनुदान तर्फ ७३ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ ।

प्रदेश भित्रका प्रत्येक निर्वाचन क्षेत्रमा प्राङ्गारिक मल कारखाना स्थापना गर्न ५ करोड रुपौयाँ विनियोजन गरेको मन्त्री लामाले उल्लेख गरे । प्रदेशभित्रका किसानलाई कृषक परिचयपत्र प्रदान गर्ने बजेटमा उल्लेख छ । कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रमा विपद्का कारण भएको क्षति न्यूनीकरण गर्न आवश्यक रकम विनियोजन गरिएको मन्त्री लामाले बताए । प्रदेशमा रहेका रैथाने जातका कृषि बाली उत्पादनलाई प्रोत्साहन गर्न रकम विनियोजन भएको छ ।

पूर्णपाठ

प्रकाशित : असार १, २०८० १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?