कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

रसुवागढी नाका पूर्णरूपमा खुलेपछि अध्यागमन कार्यालयमा सेवाग्राहीको भीड

बलराम घिमिरे

रसुवा — शनिबारबाट रसुवागढी नाका पूर्णरूपमा खुलेसँगै अध्यागमन कार्यालय घझ्खोेलामा सेवाग्राहीहरुको भीड लागेको छ ।

रसुवागढी नाका पूर्णरूपमा खुलेपछि अध्यागमन कार्यालयमा सेवाग्राहीको भीड

अध्यागमन कार्यालय रसुवागढीले जारी गर्दै आएको नेपाल चीन सीमा क्षेत्रका नागरिकहरुका लागि प्रस्थान : प्रवेश अनुमतिपत्र नवीकरण तथा नयाँ लिनेको भीड लागेको हो । नाकाबाट मानिसको आवतजावत ३८ महिनादेखि ठप्प रहेको थियो । दुईतर्फी रुपमा मानिसको आवतजावत पनि शनिबार बिहानबाट खुलेको छ । मानिसको आवतजावत खुलेसँगै चीन प्रवेश गर्नको लागि पास नवीकरण तथा नयाँ लिनेहरुको भीड लागेको अध्यागमन कार्यालयले बताएको छ ।

नाकामा आवतजावत बन्द हुँदा तीन वर्षदेखि नेपाल चीन सीमा क्षेत्रका नागरिकहरुले प्रस्थान : प्रवेश अनुमति पत्रको नवीकरण तथा नयाँ बनाउन पाएका थिएनन् । शनिबार बिहानैदेखि प्रस्थान : प्रवेश अनुमति पत्र नवीकरणको लागि कार्यालय खोलिएको थियो । उक्त दिन नेपाल चीन सीमा क्षेत्रका नागरिकहरुका लागि प्रस्थान : प्रवेश अनुमति पत्र लिएका २ सय ४० जनाको नवीकरण गरिएको अध्यागन कार्यालय रसुवागढी, रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए । त्यस्तै, आवतजावत खुलेको ३८ महिनापछि शनिबार रसुवागढी नाकाबाट २५ जना अराइभल र १२ जना डिपार्चर भएको उनले बताए ।

चीनसँग सीमा जोडिएका जिल्लाबासीहरुलाई चीन सरकारले एक वर्षसम्म प्रवेशका लागि अनुमति दिँदै आएको छ । नेपाल चीन सीमा क्षेत्रका नागरिकहरु नेपाल चीन सीमा क्षेत्रका नागरिकहरुका लागि प्रस्थान : प्रवेश अनुमतिपत्रको आधारमा चीन प्रवेश पाउने गर्दछन् । पहिलो दिन शनिबार प्रस्थान : प्रवेश अनुमति पत्र नवीकरण गरेका चालक, कामदार, व्यापारी र व्यावसायी गरी ८१ जना जिल्लाबासी पनि केरुङतर्फ पुगेका छन् । उक्त प्रस्थान : प्रवेश अनुमतिपत्र लिएका जिल्लाबासी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन् । अनुमतिपत्र अध्यागमन कार्यालयले २०७२ असोज २८ गतेदेखि दिन थालेको हो ।

प्रकाशित : चैत्र १९, २०७९ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?