कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

वीरगन्जमा १ करोड रुपैयाँभन्दा माथिको अवैध कपडा बरामद

भूषण यादव

वीरगन्ज — पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार राजस्व छली वीरगन्जको आदर्शनगरस्थित गोदाममा भण्डारण गरेको अवस्थामा विभिन्न किसिमका कपडा बरामद गरेको छ ।

वीरगन्जमा १ करोड रुपैयाँभन्दा माथिको अवैध कपडा बरामद

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–६ स्थित तुल्स्यान मार्केट (पमपम बिल्डिङ) मा रहेको दुईवटा गोदामबाट एक करोड २० लाख रुपैयाँ मूल्य बराबरको पाइन्ट, सर्ट तथा सर्टिङ/सुटिङको कपडा बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार बिहीबार करिब ३ बजेको समयमा प्रहरीले तुल्स्यान मार्केटमा कोठा भाडामा लिइ भारतबाट अवैध रुपले भन्सार राजस्व छली तस्करी मार्फत विभिन्न कपडा ल्याइ भण्डारण गरेको सूचनाको आधारमा छापामारेको थियो ।

पर्सा प्रहरी प्रवक्ता समेत रहेका थापाले वीरगन्ज महानगरपालिका– ६ निवासी ४४ वर्षीय रामएकबाल कुशवाहाको गोदामबाट करिब ४० लाख रुपैयाँ र वीरगन्ज–१६ निवासी २४ वर्षीय आकाशकुमार गुप्ताको गोदामबाट करिब ८० लाख रुपैयाँ बराबरको सर्टिङ सुर्टिङ तथा पाइन्ट र सर्टको कपडा बरामद भएको हो । बरामद गरिएका कपडा थप कारबाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा पठाइएको थापाले बताए ।

प्रकाशित : वैशाख ७, २०८१ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?