२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

सिरहामा मनी ट्रान्सफर सञ्चालकको १५ लाख लुटियो

अवधेशकुमार झा

सप्तरी —  सिरहा नगरपालिका वडा नं ८ बाट आइतबार एक मनी ट्रान्सफरका सञ्चालक लुटिएका छन् ।

सिरहाबाट विष्णुपुर गाउँपालिकातर्फ मनी ट्रान्सफरको १५ लाख रुपैयाँ लिएर जाँदै गरेका शिव मनी ट्रान्सफरका सञ्चालक कुशेश्वर यादव लुटिएका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाले यादवलाई रोकेर पेस्तोल देखाई उनीसँग भएको रकम लुटी महिसाउथातर्फ भागेको सिरहा प्रहरीले जनाएको छ ।

लुटपाट गर्नेको खोजी भइरहेको सिरहा प्रहरीका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

प्रकाशित : चैत्र २५, २०८० १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?