कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक क्वीन्टल २० किलो गाँजा बरामद 

राजविराज — सप्तरी प्रहरीले मंगलबार एक सय २० किलो गाजा बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार मंगलबार दिउँसो छिन्नमस्ता गाउँपालिका ३ महुवाबाट गाजा बरामद गरिएको हो ।

छिन्नमस्ता ३ महुवास्थित नहरको बाटोमा टाउकोमा तीनबोरा सामान लिइ जाँदै गरेकाहरु प्रहरी टोली देख्नासाथ बोरा फाली फरार भएको प्रहरीको भनाइ छ ।

फालिएको बोरा जाँच गर्दा उक्त परिमाणमा गाजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ६, २०८० १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?