२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

कांग्रेस र कम्युनिष्ट संघीयता र लोकतन्त्र समाप्त गर्न उद्यत छन् : उपेन्द्र यादव 

अबधेशकुमार झा

राजबिराज — जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विगत ३४ वर्षदेखि कांग्रेस र कम्युनिष्ट नेतृत्व सत्ता परिवर्तनको खेलमा मात्र केन्द्रीत भएको आरोप लगाएका छन्  । 

कांग्रेस र कम्युनिष्ट संघीयता र लोकतन्त्र समाप्त गर्न उद्यत छन् : उपेन्द्र यादव 

नेपालमा ३४ वर्षदेखि कांग्रेस र कम्युनिष्टले सत्ता र सरकार परिवर्तन मात्र गरेको र अहिले संघीयता र लोकतन्त्र समाप्त गर्न पनि उनीहरु नै उद्यत रहेको उनको आरोप छ ।

बोदेबरसाइनमा शनिबार जसपाले गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट नेतृत्वको सरकार मधेसलाई कमजोर बनाइ संघीयता र लोकतन्त्र समाप्त गर्दै एकात्मक ब्यवस्था लाद्न प्रयासरत रहेको आरोप लगाए ।

५३ प्रतिशत जनसंख्या रहेको मधेसको बिकास १३ प्रतिसत बजेटले सम्भब नरहेको यादवले बताए । 'मुलुकको राजस्वमा ७० प्रतिसत आम्दानी मधेसबाट हुन्छ । तर बजेट भने मधेशलाई १३ प्रतिसत मात्रै दिने गरिएको छ । यो कसरी न्यायपूर्ण भयो?,' उनको प्रश्न थियो।

पछिल्लो ३४ वर्ष देखि कांग्रेस कम्युनिष्टले देशको शिक्षा, उद्योग र कृषि क्षेत्रलाई बर्बाद बनाइ जनशक्तिलाई बिदेसिन बाध्य बनाएको यादवको आरोप छ ।

बाध्यात्मक अवस्थामा नेपालीहरु रोजगारीका लागि देशबाट बाहिरिन बाध्य भएको उनले बताए ।

प्रकाशित : माघ २७, २०८० १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?