२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

सप्तकोशीमा अत्यधिक बहाव, ५६ वटै ढोका खोलियो

ब्यारेज पुलमा सवारी साधनको गति कम गर्न प्रहरीको आग्रह
अवधेश झा

राजविराज — निरन्तरको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएको छ । आइतबार राति ३ बजे कोशी ब्यारेज भएर ४ लाख ६२ हजार ३ सय ९५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भएको थियो । सोमबार बिहान ८ बजेको मापन अनुसार कोशी ब्यारेज भएर ४ लाख ३९ हजार ३ सय ९५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ ।

सप्तकोशीमा अत्यधिक बहाव, ५६ वटै ढोका खोलियो

पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । बिहानबाट पानीको सतह केही घट्न थालेको छ ।

ब्यारेजबाट अत्यधिक मात्रामा पानीको बहाव हुन थालेपछि पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेज पुलमा सवारी साधनको गति सीमित गरेर सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।

अत्यधिक बहाव भएपनि कोशी ब्यारेजका संरचना सुरक्षित रहेको र तटबन्ध लगायतका संरचनामा पनि अहिलेसम्म कुनै ठूलो क्षति नभएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०८० ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?