१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

मधेश सरकारमा मन्त्री हेरफेर गर्दै जनमत

सन्तोष सिंह

धनुषा — मधेश प्रदेश सरकारमा जनमत पार्टीले आफ्ना बिनाविभागीय मन्त्रीलाई फिर्ता बोलाएर अर्को मन्त्री पठाउने भएको छ । बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवलाई पार्टीले राजीनामा गर्न लगाएर पार्टीका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री र रञ्जु खंगलाई राज्यमन्त्री बनाउने तयारी भएको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताए ।

मधेश सरकारमा मन्त्री हेरफेर गर्दै जनमत

बिनाविभागीय मन्त्रीले राजीनामा दिने र जनमतबाट नयाँ मन्त्रीलाई श्रम तथा यतायात मन्त्रालय दिने सहमति भएको यादवले बताए । पार्टीमा सोमबार राजीनामा दिने सहमति भए पनि बिनाविभागीय मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले राजीनामा नदिएको मुख्यमन्त्री सरोजकुमार यादवको स्वकीय सचिव चन्देश्वर महतोले बताए ।

गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले कुशवाहा र यादवले सम्हालेका भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय खोसेर नेकपा एसका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेलाई मन्त्री बनाएका थिए । बिनाविभागीय मन्त्रीलाई राजीनामा गराएर जनमतले एक मन्त्री र एक राज्यमन्त्री पठाउने तयारी गरेको छ ।

प्रकाशित : श्रावण १५, २०८० १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?