कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आरोहण गुरुकुलमा छ नाटक मञ्चन

विराटनगर — विश्वेश्वरप्रसाद कोइरालाको कथामा आधारित ‘शत्रु’ नामको नाटक मञ्चन गर्दै बुधवार विराटनगरमा पाँच दिने आरोहण गुरुकुल नाटक महोत्सव सकिएका छ । शनिवारदेखि सुरु महोत्सवमा विभिन्न ६ वटा नाटक मञ्चन भए ।

आरोहण गुरुकुलमा छ नाटक मञ्चन

हाटखोलास्थित आरोहण गुरुकुलमा बुधबार कलालय इटहरीले विश्वेश्वरप्रसाद कोइरालाको कथामा आधारित शत्रु नाटक मञ्चन गर्‍यो । सुगम दुलालको नाट्यकरण तथा प्रज्वल पराजुलीको निर्देशनमा मञ्चन गरिएको उक्त नाटकले एउटा व्यक्तिको मनोविज्ञानलाई चित्रण गरेको थियो ।

नकारात्मक तत्वहरुले मानिसको सकारात्मक मनस्थितिलाई कसरी बिगार्दै शत्रुतामा परिणत गर्छ भन्ने विषयलाई नाटकमा प्रस्तुत गरिएको थियो । नाटकमा प्रजल दुलाल, आशिष पुरी, करण प्याकुरेल, नितिका घिमिरे लगायतको अभिनय रहेको थियो ।

आयोजक आरोहण गुरुकुल विराटनगरले चौँथो अध्याय मञ्चन गर्दै सुरु भएको महोत्सवमा कदम थिएटरले 'जयमाया आफू मात्रै लिखापानी आइपुगी', हृवी क्यानले 'स्कुल' र पिस नेपालले 'हेत्छाकुप्पा', गौरादह जेसिज तथा झोराहाट नाट्य समूहले 'सुरुङ' नाटक मञ्चन गरेका थिए ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा आयोजित नाटक महोत्सवमा कोशी प्रदेशका नाट्यकर्मी तथा साहित्यकारहरुको जमघट र आपसी सांस्कृतिक आदानप्रदान भएको आरोहण विराटनगरका अध्यक्ष तथा महोत्सव निर्देशक भैरव क्षेत्रीले बताए ।

उनका अनुसार महोत्सवले आगामी दिनमा थप नाटक मञ्चनका लागि वातावरण तयार गरेको छ ।

प्रकाशित : असार ५, २०८१ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×