कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मोरङमा पहिरोले दुई घरमा क्षति

विराटनगर — उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिका-१ को कोलबोटेमा गएको पहिरोले सन्तोष राई र मनीकुमार राईका घरमा क्षति पुगेको छ । इलाका प्रहरी उर्लाबारीका अनुसार घटनामा मानवीय क्षति भएको छैन ।

मोरङमा पहिरोले दुई घरमा क्षति

इलाम, पाँचथर र धनकुटासँग सीमाना जोडिएको उक्त पहाडी क्षेत्रमा गएको पहिरोले रमितेबाट कोलबोटे जाने सडक अवरुद्ध भएको वडा सदस्य टंक राईले बताए । पहिरोले विद्युत् पोल बगाउँदा उक्त स्थानमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको राईले बताए ।

त्यसैगरी नुनसरी खोलाको बाढी वस्तीमा पस्दा मिक्लाजुङ-६ को भण्डारी चोकका आधा दर्जन घर डुबानमा परेका छन् । स्थानीय बक्राह र नुनसरी खोलाको बाढी बस्तीमा छिर्दा मिक्लाजुङको मधुमल्ला बजार हरेक वर्ष डुबानको चपेटामा पर्दै आएको छ ।


प्रकाशित : असार ५, २०८१ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×