कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यूएइमा अलपत्र नेपालीको उद्धार माग गर्दै प्रशासनमा निवेदन

वैदेशिक रोजगार विभागले सम्बन्धित म्यानपावरलाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन पत्राचार
डम्बरसिं राई

खोटाङ — यूएइमा अलपत्र परेका दुई युवाको उद्धारको माग गर्दै आफन्तले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका परशुराम राई र राजकुमार राईको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

यूएइमा अलपत्र नेपालीको उद्धार माग गर्दै प्रशासनमा निवेदन

काठमाडौंस्थित मेची इन्टरनेशनल ओभरसिज प्रालि मार्फत माघ २७ गते यूएइ पुगेका उनीहरूले कामदार करारनामा अनुसार काम र तलबलगायत सेवासुविधा नआएको र एक सातादेखि भोकै बस्नु परेको भन्दै उनीहरूलाई उद्धार गर्न माग गर्दै निवेदन परेको खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी प्रवित्रप्रकाश साहले मंगलबार बताए ।

उनीहरूले उक्त मेनपावर कम्पनीलाई एक लाख दश हजार रूपैयाा तिरेर यूएइ पुगेको आफन्तले बताएका छन् । यसमध्ये परशुराम फागुन ११ गते र राजकुमार माघ २७ गते यूएइ पुगेका हुन् । उनीहरूलाई मेनपावर कम्पनीले क्लिनरको काम लगाउने भन्दै फरक–फरक मितिमा युनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिस र नूर अल अफसा जेनेरल क्लिनिक सर्भिस कम्पनीमा लगिएको थियो । तर सम्झौताअनुसार कम्पनीमा नलगी सप्लाइमा फरक–फरक काम लगाउने, नियमित काम नदिने, काम गरेको पैसा पनि नदिएको भन्दै आफन्तले प्रशासनमा उद्धारको माग गरेको आधारमा वैदेशिक रोजगार विभागलाई पत्र पठाइएको र विभागले पनि सम्बन्धित मेनपावरलाई लिखित जवाफसहित सात दिनभित्र उपस्थित हुन भनेर मंगलबारै पत्र पठाएको समेत निमित्त प्रजिअ साहले बताए ।

कामदार करारनामा अनुसार काम र पारिश्रमिक नपाउँदा खोटाङका दुई जनासहित सुर्खेतका भविष्य जिमी, पाल्पा तिनाउका देवसिं सुनारी, उदयपुरका किशोर खत्री र मानबहादुर कार्की, गुल्मीका हिमाल सरतुङ्गे, कालीकोटका जितेन्द्र शाही, नवलपरासीका सुनिल श्रेष्ठ, मोरङका करण सरदार र पदम नेपाल, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, दैलेखका मानबहादुर शाही, झापाका मिश्रीलाल दास, धादिङका तिलकबहादुर सुनार, सिन्धुपाल्चौकका खड्कबहादुर श्रेष्ठ, गोरखाका आशबहादुर गुरुङ, नुवाकोटका लाक्पा तामाङ र कपिलवस्तुका मनोज थारु अलपत्र परेको उनीहरुले बताएका छन् ।

प्रकाशित : चैत्र ६, २०८० १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?