कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

स्रोत नखुलेको १६ लाख नगदसहित पक्राउ

देवनारायण साह

मोरङ — सशस्त्र प्रहरीले विराटनगर-७ प्रशासन रोडबाट स्रोत नखुलेको १६ लाख १० हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । 

स्रोत नखुलेको १६ लाख नगदसहित पक्राउ

प्रस्तावित सीमा सुरक्षा बल रानीको गस्ती टोलीले उक्त रकमसहित विराटनगर-१५ रानीका ४० लक्ष्मणप्रसाद साहलाई पक्राउ गरेको हो । को१९प ४४३४ नम्बरको मोटरसाइकलमा सवार रहेका साहलाई जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले बताए ।

उनले बरामद भएको मोटरसाइकल र नगदसहित साहलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको बताए ।

प्रकाशित : पुस ३, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?