कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

विराटनगर आगलागी : थप एक जना घाइतेको मृत्यु

देवनारायण साह

मोरङ — विराटनगरको सातघुम्तीस्थित कबाडी गोदाममा बुधबारको आगलागीमा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ । योसँगै उक्त आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

विराटनगर आगलागी : थप एक जना घाइतेको मृत्यु

नेपाली सेनाको हेलिकोप्टरमा थप उपचारका लागि कीर्तिपुर बर्न सेन्टर लगिए पनि चिकित्सकले विराटनगर-६ की ६० वर्षीया सुशीला पासवानलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी दीपक पोखरेलले बताए ।

एसपी पोखरेलका अनुसार विराटनगर महानगरपालिका- ७ की ५५ वर्षीया रीता सरदार, वडा नम्बर-६ का ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामतको बर्न सेन्टरमा उपचार भइरहेको छ । आगलागीमा बुधबार विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका थप एक गरी दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित : मंसिर २१, २०८० ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?