कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

दुई दिनयता सुनसरी र उदयपुरबाट लागुऔषधसहित ७ जना पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — लागुऔषध ओसार पसार गरेको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका– १ चतरा बसपार्कबाट चारजनालाई पक्राउ गरेको छ । 

बसपार्कस्थित सन्जय लिम्बुको घर खानतलासी गर्दा ठूलो मात्रामा लागुऔषध, पाच थान हरिणको सिंङ र नक्कली बन्दुकसहित चार जना पक्राउ परेको महेन्द्र नगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामप्रसाद तिमल्सिनाले बताए ।

पक्राउ पर्नेहरुमा बराहक्षेत्र –१ बस्ने २२ वर्षीय विकास राई, २८ वर्षीय विवश शेर्पा, २९ वर्षीय सुमन तामाङ र घरधनी ३४ वर्षीय सञ्जय लिम्बु र २४ बर्षीय विज्ञान लिम्बु रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले सोमबार साँझ ट्याब्लेट १९० वटा, क्याप्सुल २ सय वटा, हरिणको सिङ ५ थान, नक्कली बन्दुक १ थान, फलामको फार्सा १ थान र मोबाइल ५ थान बरामद गरेको थियो ।

बरामद गरिएको हरिणको सिङ चतरास्थित बराह सवडिभिजन वन कार्यालयमा कारबाही लागि जिम्मा लगाइएको र लागूऔषध औषधी व्यवस्था विभाग विराटनगरमा थप अनुसन्धानको लागि पठाइएको प्रहरी निरीक्षक तिमल्सिनाले बताए ।

प्रहरीले दुइदिन अघि मात्रै सोही क्षेत्रमा पर्ने कोशी पुल नजिकैबाट २० ग्राम ९० मिलिग्राम ब्राउनसुगरसहित उदयपुरको कोशी गाउपालिका–५ श्रीपुर बस्ने २१ वर्षीय खैरुल वासरलाई पक्राउ गरेको थियो ।

त्यस्तै उदयपुर प्रहरीले कोशी पुल पश्चिममा पर्ने बेलका नगरपालिका– १ अम्बासीबाट सप्तरीको कंकालिनी नगरपालिका–१ बस्ने २७ वर्षीय बेचन मण्डल र ३२ वर्षीय जितेन्द्र मुखियालाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट १६ ग्राम ४७० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

प्रकाशित : आश्विन २३, २०८० १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?