कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

पहिरोले मदन भण्डारी राजमार्ग अवरुद्ध

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरगढी गाउँपालिका –५ स्थित मौवासी खोला पुला नजिक गएको पहिरोका कारण आज बिहानदेखि मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोले मदन भण्डारी राजमार्ग अवरुद्ध

मौवासी खोलाको पश्चिमपट्टी जंगलसहितको पहाड नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पहिरो पन्छ्याएर राजमार्ग खुलाउने प्रयास गरिए पनि लगातारको वर्षाका कारण सम्भव नभएको प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए । पहिरोले झन्डै सय मिटर सडक पुरिएकोले तत्काल सडकको अवरोध हटाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

हाल पश्चिमबाट पूर्वतर्फ गुडेका लामोदुरीका सवारी साधनलाई कटारीबाटै अर्को बाटो पठाइएको छ भने पूर्वबाट पश्चिम गुडेका सवारीलाई गाईघाटबाटै अर्को बाटो पठाउँदै आएको जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जनाएको छ ।

सडक विभागको एक्सकाभेटर पहिरो गएको स्थानमै रहेको कारण वर्षा रोकिनासाथ पहिरो खुलाउने काम सुरु गरिने समेत जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जानकरी दिएको छ ।

मौवासी खोला कटारीबाट करिब २२ किलोमिटर पूर्व र सदरमुकामबाट करिब ३० किलोमिटर पश्चिम रहेको छ ।

प्रकाशित : श्रावण २८, २०८० १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?