कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

उदयपुरमा करेन्ट लागेर १ जनाको मृत्यु  

डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नगरपालिका-४ बगाहाका ४० वर्षीय युवराज राईको मृत्यु भएको छ । त्रियुगा नगरपालिकामा सडकलाइनको बत्तीमा करार पदमा काम गदै आएका राईको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

४ नम्बर वडाको फर्सेटस्थित सडकको बिजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याएकोमा चिकित्सकले मृत घोषण गरेको प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए ।


प्रकाशित : असार २७, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?