कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

उदयपुरमा वडाध्यक्षद्वारा महिलामाथि दुर्व्यवहार

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का अध्यक्ष प्रकाश राउतले शुक्रबार मध्याह्न स्थानीय एक महिलामाथि दुर्व्यवहार गरेका छन् । वर्षाको समयमा अवैधरुपमा ढुंगागिट्टी उत्खनन भइरहेको सूचना पाएपछि रोक्न पुगेकी सुनिता श्रेष्ठलाई राउतले हातपात गरेका हुन् ।

स्थानीय छिडि खोलामा वडाध्यक्ष राउतको समेत संलग्नतामा गिट्टी उत्खनन गरेको पाएपछि रोक्न जाँदा हातपात र दुर्व्यवहार गरेको पीडित श्रेष्ठले बताइन् । ‘वर्षाको समयमा खोलानालामा उत्खनन गर्नु गैरकानुनी हो । त्यसमाथि सामुदायिक वन क्षेत्रभित्रबाट गिट्टी निकाल्न मिल्दैन भन्दा हातपात गरे,’ उनले सुनाइन् । उनका अनुसार ठेकेदारसँग मिलेर राउतले एक्स्काभेटरकै प्रयोग गरी टिपरमा गिट्टी निकासी गरिरहेका थिए ।

चौदण्डीगढी नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रातउले भने आफूले महिलालाई कुटपिट र दुर्व्यवहार नगरेको दाबी गरे । वडामा सडक निर्माण चलिरहेकाले गिट्टी निकाल्ने क्रममा सामान्य विवाद भएको उनको भनाइ छ ।

प्रकाशित : असार २२, २०८० १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?