कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

त्रियुगा नगरपालिकाले १ अर्ब ४७ करोड ३४ लाखको बजेट ल्यायो 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरका ८ स्थानीय तहले आज बजेट ल्याएका छन् । ४ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्ला सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ कोलागि १ अर्ब ४७ करोड ३४ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

त्रियुगा नगरपालिकाले १ अर्ब ४७ करोड ३४ लाखको बजेट ल्यायो 

नगरपालिकाको एघारौं नगरसभाले नगरवासीको सम्मानयुक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवाप्रवाह, नीतिगत तथा संस्थागत क्षमता विकास, स्रोत साधनको समुचित व्यवस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारीलगायतका विषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बसन्त बस्नेतले बताए ।

त्यसैलाई आत्मासाथ गर्दै आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याइएको प्रमुख बस्नेत बताउँछन् । नीति तथा कार्यक्रममा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पादन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी बढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा विषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

लैंगिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणीय संरक्षण तथा संवर्द्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम ल्याइएको उनले उल्लेख गरे ।

प्रकाशित : असार १०, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?