कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटास्थित तमोर नदी किनारमा बेवारिसे शव फेला

धनकुटा — धनकुटाको छथर जोरपाटी ४ तेलियास्थित तमोर नदी किनारमा आइतबार साँझ एक महिलाको शव फेला परेको छ । स्थानीयले नदी किनारमा शव फेला परेको जानकारी दिएको प्रहरीले जनाएको छ । 

खबर पाएपछि प्रहरी नायव निरीक्षक रमेश प्रधानको नेतृत्वमा घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेन्द्र कुवँरले जानकारी दिए ।

‘शवको पहिचान खुल्न सकेको छैन । हेर्दा मंगोलियन अनुहारको महिलाको शव फेला परेको जानकारी आएको छ,’ प्रवक्ता कुवँरले भने, ‘घटनास्थल पुगेपछि विस्तृतमा जानकारी आउनेछ ।’

नदीले अन्यत्रबाट शव बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्लामा मानिस हराएको सूचना नआएकाले अन्य जिल्लाबाट बगाएर ल्याएको हुन सक्ने जनाइएको छ ।

यसैबीच, ताप्लेजुङ तथा पाँचथरबाट समेत मानिस बेपत्ता भएको सूचनाको आधारमा धनकुटास्थित तमोर नदीका विभिन्न स्थानमा समेत खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?