१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुधकोसी सामुदायिक वनमा अवैधरुपमा रुख कटान 

डिल्लीराम खतिवडा

उदयपुर — जिल्लाको बेलका नगरपालिका–८ स्थित दुधकोसी सामुदायिक वनमा अवैधरुपमा हरियो रुख काटिएको छ । वन समूहकै पदाधिकारीको मिलेमतोमा ३५ वटा साखु र एक चिलाउनेको रुख काटिएको हो ।

दुधकोसी सामुदायिक वनमा अवैधरुपमा रुख कटान 

डिभिजन वन कार्यालयसँग अनुमति नलिई ३६ वटा हरियो रुख काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए । उनका अनुसार चोरी तस्करी गर्ने समूहसँगको संलग्नताका रुख काटिएको हुन सक्छ ।

काटिएको रुखमध्ये ७९ थान साखु र १ थान चिलाउनेको गोलिया वन क्षेत्रबाट बरामद गरिएको सूचना अधिकारी सहायक वन अधिकृत साहले बताए । बरामद गरिएको काठ डिभिजन वन कार्यालय गाईघाटमा ल्याइ घाटगद्दी गरिएको छ ।

बरामद गरिएको काठ नापजाँच हुन बाँकी नै छ । त्यसपछिमात्रै कति परिमाणमा रुख काटिएको यकिन तथ्यांक आउने सूचना अधिकारी सहायक वन अधिकृत साहले बताए ।

अवैधरुपमा रुख काटिएको डिभिजन वन कार्यालयमा सूचना पुगेपछि समूहका अध्यक्ष मनिराज राई, अन्य पदाधिकारी सम्पूर्ण कार्यसमिति फरार भएका छन् । सूचना अधिकारी साहका अनुसार अध्यक्ष राईसहित सम्पूर्ण कार्यसमितिको नाममा पक्राउ पूर्जी जारी गरिएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०८० १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?