कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

धनकुटामा जंगली च्याउ खाएका बालकको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–३ घर भइ धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राई र उनका ७ वर्षका छोरा सचिन रहेको प्रहरीले जनाएको छ । 

गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परेका थिए । उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगिए पनि ठीक नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । आमा मुनाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।

प्रतिष्ठानमा गम्भीर अवस्थामा उपचाररत बालक सचिनको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनको आईसीयुमा राखेर उपचार भइरहेको अवस्थामा बिहान साढे २ बजे बजे मृत्यु भएको कोइरालाले बताए ।

यसैबीच, जथाभावी जंगली च्याउजन्य वस्तु नखान प्रहरीले सर्वसाधारणमा सचेत गराएको छ ।

प्रकाशित : जेष्ठ २०, २०८० ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?