जंगली च्याउ खाँदा आमाको मृत्यु, छोरा सिकिस्त

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका-७ चुलीवनमा जंगली च्याउ खाँदा शुक्रबार एक महिलाको मृत्यु भएको छ । एक बालक सिकिस्त बिरामी भएका छन् । उनीहरु आमाछोरा हुन् ।  

मृत्यु हुनेमा चुलीवनमा बस्दै आएका सहिदभूमि गाउँपालिका-३ का २८ वर्षीया मुना राई रहेको प्रहरीले जनाएको छ । उनका ७ वर्षका छोरा सचिन सिकिस्त बिरामी रहेको जनाइएको छ ।

गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमाछोरा अत्यधिक वान्ता र झाडापखालाबाट गम्भीर बिरामी परेपछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगिएको थियो । थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा मुनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

छोरा सचिनको भने प्रतिष्ठानमै आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ १९, २०८० २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?