खुकुरी हानेर प्रेमिकाको हत्या

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभा-खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् ।

सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नालको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

खुकुरी प्रहार गरी प्रेमिकाको हत्या गरी गदालले हत्या आफ्नो पनि छातीमा खुकुरी प्रहार गरेका छन्। गम्भीर घाइते उनको जिल्ला अस्पतालमा खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार गएराति दुवैजना दर्नालको डेरामा बसेका थिए। बिहान घटना थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित : जेष्ठ १२, २०८० १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक सवारीको घट्यो भाडा [सूचीसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — वाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडादर पनि घटाइएको हो ।

प्रदेश भाडा निर्धारण/सामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम (२)ले दिएको अधिकार प्रयोग गर्दै भाडा घटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०८० जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार आज (शुक्रबार) देखि लागू हुनेगरी दूरीअनुसार नयाँ भाडादर कायम गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर कायम भएको उल्लेख गरेको छ ।

हेर्नुहोस् कहाँको भाडा कति ?

प्रकाशित : जेष्ठ १२, २०८० १०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×