दानपेटिकाबाट पैसा चोरी गरेको आरोपमा एक जना पक्राउ- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दानपेटिकाबाट पैसा चोरी गरेको आरोपमा एक जना पक्राउ

डम्बरसिं राई

खोटाङ — हलेसी मन्दिरमा रहेको दानपेटिका फुटाएर पैसा चोरी गर्ने एक जना पक्राउ परेका छन् । हलेसी गुफाभित्रको दानपेटिका फुटाएर आइतबार मध्यराति चोरी गरेको आरोपमा इलाम सातखरा नगरपालिका ८ का २४ वर्षीय रुपेश राई सोमबार पक्राउ परेका हुन् । 

राईलाई सुमोमा भाग्दै गरेको अवस्थामा च्यास्मिटारस्थित प्रहरी चेक पोस्टबाट सोमबार बिहान ११ बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए । पद्मसम्भवले तपस्या गरेको हलेसी गुफा र पार्वतीथानमा रहेको दानपेटिका फुटाई चोरी गरेको जानकारीपछि सीटीटीभी फुटेज हेरेपछि चोर्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ ।

राईको साथबाट चार हजार ६ सय ९० नेपाली रूपैयाँ र १ हजार ८ सय ४५ भारतीय रूपैयाँ बरामत गरिएको डीएसपी मुकारुङले बताए । पक्राउपछि राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १६, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्रिपरिषद् बैठक : योजना आयोगमा ज्ञवाली, शाक्य र महत नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र महतलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीईओ थिए भने शाक्य पूर्व राजदूत हुन् । उनीहरू एमालेको कोटाबाट राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् । महत यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य थिए ।

योजना आयोगको उपाध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका थिए ।

प्रकाशित : माघ १६, २०७९ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×