कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

टुँडिखेलमा मनाइयो घोडेजात्रा [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं उपत्यकामा सोमबार घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन यो पर्व मनाइन्छ । विगत वर्षहरुझैँ नेपाली सेनाले विभिन्न कार्यक्रम गरी घोडेजात्रा मनाएको छ । सेनाले सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमसँगै अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्‍यो ।

घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्रीहरु, कर्मचारी प्रशासनका पदाधिकारीहरु, विभिन्न सुरक्षा निकायका प्रमुखहरु लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भए ।


प्रकाशित : चैत्र २६, २०८० १८:०९
प्रतिक्रिया
पठाउनुहोस्