कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

शिवरात्रिमा सेनाको 'सेलिब्रेसन'

तस्बिर : दीपक केसी

काठमाडौँ — नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहका बीच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।

नेपाली सेनाले शुक्रबार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल गायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनीसमेत गरेका थियो । राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो ।

सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हछन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचीमा नेपाल अग्रणी स्थानमा पर्दछ ।


प्रकाशित : फाल्गुन २५, २०८० १२:५४
प्रतिक्रिया
पठाउनुहोस्