कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

हलिउड अभिनेता जेट ली लुम्बिनीमा (फोटो फिचर)

मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वचर्चित हलिउड अभिनेता जेट ली विश्व शान्तिको प्रार्थना गर्दै बसेका छन् । उनी बिहीबारदेखि लुम्बिनीमा सुरु भएको बुम्चोक पूजामा आएका हुन् । महायानी अन्तर्गत् महागुरूको स्मृतिमा सुरु भएको ५ दिने शान्ति पूजामा उनी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बस्ने गरेका छन् ।

दिउँसो एक घण्टा खाना खान जान्छन् । पूजामा उनी विभिन्न मन्त्रहरु उच्चारण गरेर प्रार्थना गर्दै, माला गन्दै ध्यानमा बस्ने गरेका छन् । बेला-बेलामा उनले दिप प्रज्जवलन पनि गर्छन् । उनी सोमबारसम्मै लुम्बिनीमा पूजामा सहभागी हुने जनाइएको छ । बौद्ध धर्मावलम्बी उनी तिब्बतियन बुद्धिज्मका प्राक्टिसनर हुन् । धार्मिक तीथयात्रामा आएका उनले केही नबोल्ने बताए । ६१ वर्षे अभिनेता ली चिनियाँ मार्शल स्टार, अभिनेता र फिल्म निर्माता समेत हुन् । चीनको ५ पटक उसु च्याम्पियन बनेका उनी अन्तर्राष्ट्रिय फिल्म स्टारका रुपमा विश्व चर्चित छन् ।उनले सन् १९८२ मा चिनिया फिल्म ‘शाओलिन टेम्पल’ बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए । सन् २००० को फिल्म ’रोमियो मस्ट डाइ’ उनको पहिलो हलिउड प्रोजेक्ट थियो । जेट लीको सबैभन्दा सफल चलचित्र लेथल लेपन-४ हो । जस्ले एक सय ३० मिलियन डलर कमाएको थियो ।

प्रकाशित : माघ १३, २०८० १८:५१
प्रतिक्रिया
पठाउनुहोस्