कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

तिहारलाई सयपत्री माला

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — शनिबारदेखि तिहार सुरु भएसँगै कपिलवस्तुका पुष्प व्यवसायीलाई भ्याइनभ्याइ छ । वाणगंगा नगरपालिका–२, लखनपारामा रहेको लुम्बिनी बहुउद्देश्यीय एग्रिकल्चर प्रालिले फूल र माला बेचिरहेको छ । प्रालिले करिब १ बिगाहा जमिनमा फूलखेती गरेको छ । एक सातादेखि ५ जना फूल टिप्न र माला बनाउनमै व्यस्त छन् ।

दैनिक ६ सयभन्दा बढी माला तयार भइरहेको सञ्चालक उपेन्द्र शाही ठकुरी बताउँछन् । दुई साताअघि नै तयार एक हजार माला बनाएर जितपुरस्थित रहेको कोल्ड स्टोरमा राखिएको उनले बताए ।

अर्का सञ्चालक प्रेमनारायण पाण्डेले मालाको माग अहिले स्थानीय बजारसँगै सालझण्डी, मुर्गिया र बुटवलबाट समेत आइरहेको छ । फूल किलोको ५ सय र माला थोकमा प्रतिगोटा ३ सयमा बिक्री भइरहेको छ ।


प्रकाशित : कार्तिक २५, २०८० १२:४३
प्रतिक्रिया
पठाउनुहोस्