कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

इन्द्रजात्राको य:सिं ठड्याइयो

तस्बिर : इलिट जोशी, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — इन्द्रजात्राको य:सिं मंगलबार बसन्तपुरको हनुमानढोकामा ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटको साइतमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको य:सिंठ ड्याएपछि इन्द्रजात्रा सुरु भएको छ ।

हनुमानढोकामा रहेको य:सिं ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गमथलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । य:सिं ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँदछन् । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ । बिहीबार काठमाडौंमा उपत्यकामा इन्द्रजात्रा मनाइँदै छ ।


प्रकाशित : आश्विन ९, २०८० ११:५५
प्रतिक्रिया
पठाउनुहोस्