कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

सांकेतिक भाषाको दिवस मनाइयो

केशव थापा

काठमाडौँ — सांकेतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस तथा बहिरा सप्ताह २०८० का अवसरमा बहिरा नागरिकहरुको पहिचान र अधिकारका लागि जनचेतनामूलक र्‍याली निकालिएको छ । यही अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालले शनिबार ‘सांकेतिक भाषाहरुको दिवस २०८०’ मनाएको हो । ‘संसार जहाँ बहिरा नागरिकहरुले जहिले पनि संकेत गर्न सक्छन्’, भन्ने मूल नाराका साथ शनिबार दिवस मनाइएको हो । भृकुटिमण्डपदेखि सुरु भएको र्‍याली रत्नपार्क परिक्रमा गरी भृकुटिमण्डपमै आएर कोणसभामा टुंगिएको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आर्चायले र्‍यालीको उद्घाटन गरेका थिए ।


प्रकाशित : आश्विन ६, २०८० ११:५२
प्रतिक्रिया
पठाउनुहोस्