कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ओखलढुंगामा रोपाइँ जात्राको रौनक [तस्बिरहरु]

कुम्भराज राई

ओखलढुंगा — सदरमुकाम क्षेत्रमा रहेका नेवार समुदायले मनाउने हिलेजात्राको अन्तिम दिन शनिबार रोपाइँ जात्रा सम्पन्न भएको छ । विभिन्न भेषभूषामा हास्य-व्यंग्यमूलक प्रस्तुतिसहित रोपाइँ जात्रा सम्पन्न भएको हो ।

जनहित र पारस्परिक दुईवटा गुठीको संयुक्त आयोजनामा रोपाइँ जात्रा प्रस्तुत गरिएको थियो । ओखलढुंगाका नेवारहरुले हिलेजात्राअन्तर्गत लाखे, गाईजात्रा, रामायण र रोपाइँ जात्रा निकाल्ने गर्छन् । पुरानो परम्परालाई जीवित राख्नका लागि यसलाई निरन्तरता दिँदै आएको स्थानीयको भनाइ छ ।पहिले पहिले मनोरञ्जनको कुनै साधन नहुँदा गाउँगाउँबाट सयौंको संख्यामा दर्शकहरु आउने गर्थे । हिजोआज फेसबुक लाइभलगायतका प्रविधिको प्रयोगले गर्दा प्रत्यक्ष उपस्थित भएर जात्रा अवलोकन गर्न आउनेको संख्या घट्दो छ ।

प्रकाशित : भाद्र १६, २०८० १६:५९
प्रतिक्रिया
पठाउनुहोस्