कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

विभिन्न मागसहित काठमाडौंमा थारूहरूको सभा

तस्बिर : केशव थापा

काठमाडौँ — टीकापुर घटनाको झुटा मुद्दा फिर्ता, थारु आरक्षणसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयनलगायतका माग राख्दै काठमाडौंमा टीकापुर विद्रोह सभा आयोजना भएको छ ।

थारु कल्याणकारिणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समिति उपत्यका आन्दोलन परिचालन समिति, काठमाडौं र थारुहरूको विभिन्न संस्थाको सहभागितामा माइतीघर मण्डलमा बिहीबार दिउँसो सभा आयोजना भएको हो । २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनाको सम्झनामा थारुहरूले विद्रोह दिवस मनाउँदै आएका छन् ।


प्रकाशित : भाद्र ७, २०८० १५:१३
प्रतिक्रिया
पठाउनुहोस्