कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

‘अखण्ड भारत’को नक्साविरुद्ध सत्तारुढ दलकै विद्यार्थी संगठन सडकमा [तस्बिरहरु]

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु समेटिएको विरोधमा सत्तारुढ दल निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । विद्यार्थी संगठनले बुधबार माइतीघर मण्डलामा ब्यानर, प्लेकार्ड र नेपालको नक्सासहित प्रदर्शन गरेका हुन् । सहभागीले 'अखण्ड भारतको भित्ते नक्सामा टाँसिएको नेपाली भूभागलाई तत्काल हटाइयोस्,' 'भारतसँग गरिएका असमान सन्धि-सम्झौता खारेज गर', 'अखण्ड भारत मूर्दावाद, भारतीय विस्तारवाद मूर्दादवा'लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ । 

संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कार्यक्रमसहित आइतबार उद्घाटन गरेका थिए । भारतीय सञ्चार माध्यमहरुले विगतका महत्वपूर्ण अधिराज्य तथा सहरहरुलाई समावेश गरेको जनाएका छन् ।


प्रकाशित : जेष्ठ १७, २०८० १७:१६
प्रतिक्रिया
पठाउनुहोस्