२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

तस्बिर : इलिट जोशी/कान्तिपुर

तस्बिर : इलिट जोशी/कान्तिपुरका लेखहरु :

पशुपति आर्यघाटमा सीता दाहालको अन्त्येष्टि [तस्बिरहरु]

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टि गरिएको छ । उनको राष्ट्रिय सम्मानका साथ बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । दिवंगत दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिएका थिए । सीतालाई माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।

‘अखण्ड भारत’को नक्साविरुद्ध सत्तारुढ दलकै विद्यार्थी संगठन सडकमा [तस्बिरहरु]

भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु समेटिएको विरोधमा सत्तारुढ दल निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । विद्यार्थी संगठनले बुधबार माइतीघर मण्डलामा ब्यानर, प्लेकार्ड र नेपालको नक्सासहित प्रदर्शन गरेका हुन् । सहभागीले 'अखण्ड भारतको भित्ते नक्सामा टाँसिएको नेपाली भूभागलाई तत्काल हटाइयोस्,' 'भारतसँग गरिएका असमान सन्धि-सम्झौता खारेज गर', 'अखण्ड भारत मूर्दावाद, भारतीय विस्तारवाद मूर्दादवा'लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

गणतन्त्र दिवस सांस्कृतिक साँझका तस्बिरहरु

गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा मंगलबार ‘गणतन्त्र दिवस सांस्कृतिक साँझ’को आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित सांस्कृतिक साँझमा नृत्य, कविता नाटक र गीत प्रस्तुत गरिएको थियो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलसँग अंकमाल

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका रामचन्द्र पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।

राष्ट्रपतिको कदमविरुद्ध विद्यार्थीको प्रदर्शन [तस्बिरहरु]

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी गैरसंवैधानिक कदम चालेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेपाल कमर्स क्याम्पसका विद्यार्थीहरुले बुधबार मिनभवनमा राष्ट्रपतिको पुतला जलाउँदै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले कालो ब्यानर, प्लेकार्डसहित राष्ट्रपतिको कदमविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

महिलाले ताने रथ [तस्बिरहरु]

हनुमानढोका दरबार क्षेत्र कालभैरवको मूर्ति अगाडि लिंगो ठड्याएसँगै सुरु भएको इन्द्रजात्राअन्तर्गत बुधबार नानीचा: या: (महिलाहरुले रथ ताने) तानेका छन् । अन्तिम दिन वसन्तपुरदेखि विभिन्न भागमा रथ पुर्‍याई पुन: वसन्तपुर ल्याइएको थियो । राति इन्द्रध्वजा फहराइएको लिंगो ढालेर वाग्मतीमा सेलाएपछि सप्ताहव्यापी इन्द्रोत्सव समाप्त हुन्छ ।

डेंगुका बिरामी बढे, टेकु अस्पतालको प्यासेजमै बेड थपियो

डेंगु ७५ जिल्लामै फैलिसकेको छ। डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको थामिनसक्नु भीड देखिन थालेको छ ।

ललितपुर महानगरमा परिणाम सार्वजनिक नहुँदै विजय जुलुस 

पाँच दलीय गठबन्धनबाट ललितपुर महानगरपालिका मेयरका उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा एमालेका उम्मेदवार मञ्जली शाक्य बज्रचार्यले विजय जुलुस मनाएका छन् । दुवै उम्मेदवारको जित सुनिश्चित भएपछि जावलाखेलमा मंगलबार साँझ विजय जुलुस मनाएका हुन् ।

श्‍वेत भैरवको प्रसाद खाना तँछाडमछाड [तस्बिरहरु]

इन्द्रजात्राको अवसरमा हनुमानढोकामा रहेको हाथुद्य: (श्‍वेत भैरव) को मुखबाट निस्कने प्रसाद (जाँड) र समयबजी मंगलबार राति खुवाइएको छ । जात्राको अवसरमा एक दिन महिलालाई मात्रै प्रसाद खुवाउने चलन छ । त्यसक्रममा मंगलबार राति महिलाहरु प्रसाद खाना तँछाडपछाड गरिरहेका थिए ।