१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

ढकमक्क ज्याकारान्डा

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : दीपक केसी, तस्बिर : इलिट जोशी

काठमाडौँ — हरेक वर्ष यसै समयमा फुल्ने ज्याकारान्डाले काठमाडौंका सडक, फुटपाथ र पार्कहरू रंग्याएका छन् । नीलो तथा बैजनी रंगका ज्याकारान्डालाई धेरैले शिरीषको फूल पनि भन्ने गर्थे । तर विज्ञहरूले यसको वैज्ञानिक नाम 'ज्याकारान्डा माइमोसिफोलिया' भएको बताएपछि आम मानिसहरू यसलाई 'ज्याकारान्डा' भन्ने गर्छन् ।

विशेषगरी काठमाडौंका सडकछेउमा देखिने यो फूललाई स्थानीय नेवार समुदायमा भने ‘चखुँचा स्वाँ’अर्थात् भँगेरी फूल भनेर पनि चिन्छन् । वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठका अनुसार काठमाडौंका सडकछेउमा यस्ता फूल फुल्न थालेको आधा दशकजति मात्रै भएको छ । साथै नेपालका लागि ज्याकारान्डा एक आयातित वनस्पति भएको विज्ञहरूको भनाइ छ ।

ब्राजिलको रैथाने वनस्पतिको रुपमा चिनिने यो सुन्दर फूल पछिल्लो समय काठमाडौं बाहिरका सहरहरूमा पनि फुलेको देखिन थालेका छन् । वैशाख-जेठको मौसममा गर्मी बढ्दै गर्दा यो फूल छपक्कै फुल्ने गर्छ । विशेषगरी दरबारमार्ग, रत्नपार्क, टुंडिखेल लगायतका सडकछेउमा ज्याकारान्डाले चर्किँदो घामका बीच पैदलयात्रीलाई शीतलता प्रदान गरिरहेको छ ।

प्रकाशित : जेष्ठ ३, २०८० १८:१०
प्रतिक्रिया
पठाउनुहोस्