कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

स्वयम्भूबाट नयाँ वर्षको स्वागत

केशव थापा

काठमाडौँ — आज वैशाख १, अर्थात् नयाँ वर्षको पहिलो दिन । विभिन्न स्थानमा भेला भएर मानिसहरूले नयाँ वर्षलाई स्वागत गरेका छन् । यस क्रममा राजधानीको स्वयम्भूमा पनि नयाँ वर्ष मनाउनेहरूको भीड लागेको छ । शुक्रबार दिउँसो ठूलो संख्यामा युवाहरू भेला भएर स्वयम्भू स्तुपा परिसरका विभिन्न गतिविधिमा संलग्न थिए ।

यहाँ प्रवेश गर्नेहरूको संख्या अन्य दिनभन्दा अत्यधिक बढेको देखिन्थ्यो । वैशाख १ गते सरकारले सार्वजनिक बिदा दिएसँगै राजधानी लगायतका सहरमा विशेष कार्यक्रम गरी नयाँ वर्ष मनाउने चलन बढेको छ ।


प्रकाशित : वैशाख १, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्