कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

बुद्धस्थल धमनिहवा स्तूप सफाइमा भियतनामी [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — फोहरले ढाकिएको महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक स्थल धमनिहवा स्तूप भियतनामी भिक्षु र उपासकहरुले सरसफाई गरेका छन् । तीर्थयात्रा गर्न आएका उनीहरुले प्राचीन स्तूपापरिसरमा फोहर देखपछि कुचो, कुटो र हँसिया किनेर ल्याई सरसफाई गरेका थिए ।तिलौराकोट नजिक रहेको उक्त स्थलमा रहेको ठूलो स्तूपा राजा शुद्धोदन र सानो स्तूपा महारानी मायादेवीको स्मृतिमा बनाइएको पुरातत्वविद् बाबुकृष्ण रिजालले पुस्तकमा उल्लेख गरेका छन् ।

९५ जना उपासक उपासिकाले तीन घण्टामा सरसफाई गरेर चिरिच्याट्ट बनाएका थिए । स्तूपका घाँसपात, प्लास्टिक, फोहर र झारपात झिकेर सुन्दर बनाएका छन् । उक्त स्थल ईशापूर्व चौथौं शताब्दी बनाइएको पुरातत्वविद् तारानन्द मिश्रले उल्लेख गरेका छन् । भियतनामको राजधानी होनोईस्थित होचिमिन्ह सहरबाट उनीहरु आएका थिए । सरसफाई गरेपछि उनीहरुले शान्तिपाठ गरेका थिए । बुद्धस्थल सरसफाई गर्न पाउँदा आफूहरुले शान्ति पाएर गतिलो धार्मिक पुण्य सञ्चय गरेको भियतनामको टुबी टेप्पलका भिक्षु धम्म प्रियले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७९ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्