यती विमान दुर्घटनामा मृत्यु हुनेहरूको सम्झनामा दीप प्रज्वलन

तस्बिर : केशव थापा, तस्बिर : मनोज पौडेल

काठमाडौँ — पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरूको चीर शान्तिको कामना गर्दै देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ । सोमबार काठमाडौंको माइतीघरमा युवाहरूको समूहले विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् । त्यस्तै लुम्बिनी र गोरखामा पनि मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।

आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमाअहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजी कार्य जारी रहेको छ।

गोरखामा गरिएको दीप प्रज्वलन ।

प्रकाशित : माघ २, २०७९ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्

टीभीएसलाई उत्कृष्ट कम्प्युटर र फिचर अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — टेकलेख अवार्डमा टीभीएसको रेडरले उत्कृष्ट कम्युटर तथा अपाचे आरटीआर १६० फोभीले उत्कृष्ट फिचर अवार्ड हात पारेका छन् । गत वर्ष पनि रेडरले टेकलेखको साथमा अवार्डहरु हात पारेको थियो । 

टेकलेखले जारी गरेको विज्ञप्ति अनुसार रेडरमा भएका सुधारको आधारमा यो वर्ष अवार्ड प्राप्त गर्न सफल भएको हो । ‘रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरका कारण यस बाइकले अवार्ड पाएको छ’ विज्ञप्तिमा भनिएको छ । टीभीएसका अनुसार रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायतका विशेषताहरु उपलब्ध छन् ।

एयर आयल कुल्ड एसआई कार्बोरेटर इञ्जिनद्वारा शक्ति प्रदान गरिएको यस बाइकले ७,५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता रहेको टीभीएसको दाबी छ । त्यस्तै रिडिजाइन्ड डीएलआर, राइडिङ मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ टीएनए फिचरहरुले गर्दा नै यस बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको टीभीएसको भनाइ छ ।


प्रकाशित : माघ २, २०७९ १९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×