कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर प्रदर्शन

केशव थापा

काठमाडौँ — नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरकी निर्मला कुर्मीलाई बेपत्ता बनाइएको घटना छानबिन गर्न सरकारले चासो नदेखाएको भन्दै अधिकारकर्मीहरूले लालटिन बालेर विरोध प्रदर्शन गरेका छन् । अपहरण तथा शरीर बन्धक बनाई हत्या गरिएकी कुर्मीको न्यायका लागि आइतबार माइतीघर मण्डलमा लालटिन बालेर अधिकारकर्मीहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।

तेस्रो पटक निर्मला कुर्मीको हत्याको विरोधमा न्यायिक आन्दोलन गर्न जम्मा भएका अधिकारकर्मीहरूलाई सम्बोधन गर्दै डा. गोविन्द केसीले सरकारले अपराधीलाई सजाय दिने विषयमा सम्झौता गर्ने तर व्यवहारमा सधैं उनीहरूलाई पुरस्कृत गर्ने हुँदा घरेलु हिंसाका पीडित महिलाहरूले न्याय नपाएको बताए ।

अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपितहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर प्रहरीले घटनाका मुख्य अभियुक्त कांग्रेसका नेता तथा प्रदेश सांसद बदशाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन ।


प्रकाशित : पुस २४, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्