कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

विकास र समृद्धिमा अलमलिएको नेपाल

पाठक पत्र

चीन विकास र समृद्धिमा अगाडि हुनुको कारण उसले युरोपसँग विज्ञान सिक्यो, अमेरिकासँग पुँजीवादी प्रवृत्ति सिक्यो, नेपालसँग कला, संस्कृति र लड्न सिक्यो । उसले भारतसँग कूटनीति सिक्यो, सबै जनताले एउटा लिडरको भिजन सिके ।

मकैको खोले र चौंरीको दूध खाएर जीवनयापन गरेका चिनियाँहरू जापानीहरूसँग पनि डराउँथे भनिन्छ तर अहिले चीन संसारको जब्बर मानिने अमेरिकासँग हरेक कुरामा प्रतिस्पर्धा गरिरहेको छ । यसो हुनुमा जनता र देशप्रति नेतृत्वको नैतिकता, भ्रष्टाचारविरुद्ध कडा कानुनका साथै जनतामा देखिएको अनुशासन नै प्रमुख कारण हुन् ।

प्रथम विश्वयुद्धमा छायामा परेको अमेरिका दोस्रो विश्वयुद्धमा चुप लागेर बस्न सकेन र अन्ततः जापानसँग भीषण युद्ध हुँदा हिरोसिमा र नागासाकीमा एटम बम खसायो, जसबाट जापानीहरू उठ्नै नसक्ने अवस्थामा पुगे । त्यहाँका जनता र नेतृत्वलाई देश प्रेम, विकास तथा राष्ट्र र राष्ट्रियताबारे गहिरो अनुभूति जाग्यो ।

उक्त समयमा नेपालले जापानलाई आर्थिक सहयोग गरेको थियो । अहिले जापान युरोपियन देशसँग हरेक कुरामा प्रतिस्पर्धा गरिरहेको छ । कैयौं विदेशीको रोजगारीको केन्द्रबिन्दु भइसक्यो जापान ।

कुनै समय चीन र भारतलाई कला, संस्कृति तथा लड्ने कूटनीति सिकाएर नेपालले प्रथम र दोस्रो विश्वयुद्धमा बहादुरी देखायो । टुक्रा–टुक्रामा रहेका राज्यहरू बिस्तारै एक भए । धर्म, संस्कृतिको जगेर्ना गरे । अन्तर्राष्ट्रिय कूटनीतिमा अब्बल कहलिएको नेपालमा जनताले राणा र राजाको शासन फाले, गणतन्त्र ल्याए ।

यसको बदलामा विकास र समृद्धिको आस उनीहरूले गरिराखेका छन् । उता शासकीय प्रणालीको त्रुटिकै कारण सामाजिक र आर्थिक विकासको क्रान्ति त परै जाओस्, लामो समय सरकार नटिक्ने रोगका कारण राजनीतिक स्थायित्वमा प्रश्नचिह्नकै तबेलामा अल्झिइराखेका छौं हामी ।
– खिमराज गिरी, काठमाडौं

प्रकाशित : असार ५, २०८१ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×