कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

'अनुभवको हार’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

पाठक पत्र

तर खेलचाहिँ यसपल्ट राम्रो खेलेकै हो नेपालले । ब्याटिङ अर्डर मिलाउन नसकेर हो नत्र दुईवटा म्याच जित्थ्यो । अनिल साहलाई ओपनिङ गराउनुपर्थ्यो, नभए छ वा सात नम्बरमा खेलाउँदा टिमलाई बढी फाइदा हुन्थ्यो ।
– अमरनाथ यादव

आफ्नै घरमा अफगानिस्तानलाई हराएको हामीले पनि यही आँखाले देखेको तर उनीहरूको पूर्वाधार, उनीहरूको एक्सपोजर, उनीहरूलाई भारतको सहयोग कति रह्यो भन्ने लेखाजोखा अनि हाम्रो नेपालले पाएको एक्सपोजर, हाम्रो पूर्वाधार, हाम्रो खेलाडीहरूले खेल्न पाउने घरेलु खेलको संख्या, अन्तर्राष्ट्रिय टेस्ट टिमसँग खेल्न पाउने अवसर पनि तुलना गर्नु पर्दैन ? आफ्नै मिहिनेत र माया गर्ने समर्थक र भीडले मात्र जितिन्छ र खेल ?
– पार्वती सुब्बा

अहिलेको यो टिम परिवर्तनको खाँचो छ नत्र उही मंगोलियालाई मात्र जित्छ अब ।
– सविन लामा

अरू त त्यस्तै हो तर दक्षिण अफ्रिका र बंगलादेशलाई त जित्ने खेल हो नि । केको अनुभवको हार ? नेपाली खेलाडीको बलिङ राम्रो भए पनि ब्याटिङ एकदम खराब । जहिले अनुभवको हार अनि जितको अनुभवचाहिँ सानोतिनोलाई जितेर हो ?
– डिब अधिकारी

तीस वर्ष भयो होला नेपालले क्रिकेट खेलेको, कहिले हुने त अनुभवी ?
– लालबहादुर घलान

के गर्नु बिचरा सिक्दै छन् नि, जति हार्‍यो उति अर्को खेलमा राम्रो खेल्छौं भन्यो बस्यो ।
– मिलन गहतराज

सही हो । बंगलादेश र दक्षिण अफ्रिकालाई सजिलै जित्नुपर्ने हो तर हाम्रो ब्याटिङ किङहरूले झुर खेलेकाले हार बेहोर्नु पर्‍यो । कप्तान जहिले पनि हामी सिक्दै छौं भन्छन् । प्रशिक्षक हामीले राम्रो खेल्यौं भन्छन् । कहिलेसम्म सिकिराख्ने ?
– कृश श्रेष्ठ

दस वर्षमा अफगानिस्तान कहाँ पुगिसक्यो, नेपाल भने जहाँको त्यहीं । खै त सुधार देखिएन ।
– वेगराज कार्की

खेल हो हारजित हुन्छ नै, राम्रै खेलेको हो । अरू देशको पनि तुलना गर्नु नि । नेपाल देशलाई त चिनाए कमसेकम ।
– गुणराज नेपाल

अहिलेका खेलाडीभन्दा त पहिलाका खेलाडी धेरै राम्रो खेल्थे ।
– भुवन मगर

जहिले सिकिरहनू
– मदन लिम्बू

हारको अनुभव अलि बढी नै भएन ? जित्न पनि सिक्ने कि अब ?
– लक्ष्मण बस्याल

नेपाली खेलाडीहरूले खेलको रणनीति नबुझेका कारण पनि हारेका हुन् ।
– अजय योञ्जन

प्रकाशित : असार ५, २०८१ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×