कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जसपामा छलफल हुनुपर्ने विषय

पाठक पत्र

उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीको महाधिवेशन जनकपुरमा चलिरहेको छ । महाधिवेशनले अध्यक्षलगायत करिब २ सय जना रहने केन्द्रीय कार्यसमिति चुन्दै छ । तर महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनु हुँदैन । समसामयिक राजनीतिक विषय र आफ्नो पार्टीले विगत ५ वर्षमा कुन विषयमा कस्तो निर्णय लियो, त्यो निर्णयले पार्टीलाई फाइदा गर्‍यो कि गरेन ?

जसपाको नेतृत्वमा रहेको मधेश सरकार के कारणले ढल्यो ? पार्टी विभाजन किन भयो ? यी विषयमा महाधिवेशनमा गम्भीर छलफल हुनुपर्छ । र त्यसको निष्कर्ष निस्केपछि मात्र कसको हातमा नेतृत्व सुम्पिँदा पार्टी हितमा काम हुन्छ भन्ने निर्क्योल गर्नुपर्छ । जसले पार्टीको एकता कायम राख्न सकेन, जसले केन्द्रदेखि प्रदेशसम्म पार्टीको सरकार कायम राख्न सकेन, उसैलाई नेतृत्व सुम्पिँदा भोलिको दिनमा पार्टीको बाँकी अस्तित्व पनि सखाप हुन सक्छ ।

यसर्थ यसपालिको महाधिवेशनमा जसपाका १३ सय प्रतिनिधिले यस्ता विषयमा गहन छलफल गर्नुपर्छ । केन्द्र सरकारबाट उपेन्द्र यादवको बहिर्गमन भइसकेको छ । विभाजनको शृंखलामा गुज्रँदै जाँदा पार्टी खुम्चँदै गएको छ । कुनै बेला मधेशी जनताले उपेन्द्र यादवमाथि ठूलो विश्वास राखेको देखिन्थ्यो । यादव आफैं गत वर्षको निर्वाचनमा सप्तरीमा पराजित भए । ठूला पार्टीहरूले दयामायाले उपनिर्वाचनबाट जिताएर उनलाई सांसद बनाइदिए ।

मधेश प्रदेशमा साढे ६ वर्षपछि जसपाको सरकार विस्थापित भयो र जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार आएको छ । मधेश प्रदेशसभामा जसपाको १९ र जनमतको १३ सिट छ । अर्थात् अहिले जसपाभन्दा सानो दलको नेतृत्वमा सरकार गठन भएको छ । यी विषय महाधिवेशनमा समीक्षाको विषय बन्नुपर्छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

प्रकाशित : जेष्ठ ३०, २०८१ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×