१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

माओवादीलाई विद्रोहको भाषा बदल्न बाध्य बनाएँ : नेपाल

पवन यादव

बारा — पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफूले माओवादीलाई विद्रोहको भाषा बदल्न बाध्य बनाएको दाबी गरेका छन् ।


आफू नेतृत्वको सरकार ढाल्न जनविद्रोह गरेको बताउने माओवादी पछि दलहरुसँग सहमतिमा आउन बाध्य भएको उनको जिकिर थियो । सर्लाहीको कार्यक्रममा आएका नेता नेपालले शनिबार सिमरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थिए ।
नेपालले माओवादी शिविरलाई विशेष समिति मातहतमा ल्याउन हस्ताक्षर र हस्तान्तरण गर्न सहमत गराई शान्ति प्रकृयाको महत्वपूर्ण उपलब्धिको सुरुवात गरेको स्मरण गरे । उनले शान्ति र संविधानमा चासो नराखेकाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताए ।
२०४७ को संविधानका एक मस्यौदाकारसमेत रहेका नेपालले दलहरुबीच समझदारी र लचकता भए तोकिएको समयमा संविधान जारी हुन सक्ने ठोकुवा गरे ।
 

प्रकाशित : पुस १६, २०६८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?