१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

ओली आगमनले पार्टीलाई फाइदाः भण्डारी

शंकर खरेल

सुनसरी — एमाले उपाध्यक्ष विद्या भण्डारीले नेता केपी ओलीलाई तेस्रो वरियताक्रममा राखेर नेतृत्व पक्षले एकताको सन्देश दिएको प्रतिक्रिया दिएकी छन् ।


'ओलीजस्तो उपयुक्त अरु कोही थिएन,' भण्डारीले भनिन्, 'ओली आउँदैमा कसैले चित्त नदुखाएहुन्छ, उहाँको यो आगमनले पार्टीलाई हानी होइन फाइदा हुनेछ ।' मोरङको गछियामा शनिबार सञ्चारकर्मीसँ कुरा गर्दै उनले अमृतकुमार बोहराले ओलीलाई तेस्रो वरियताक्रम दिएकोवारे 'नोट अफ डिसेण्ट' लेखेपनि त्यो व्यक्तिगत असन्तुष्टि भएको बताइन् ।
'बोहराले व्यक्तिगत असन्तुष्टि जनाउनुभयो पार्टीको निर्णय भइसकेपछि सबैले मान्नुपर्छ,' उनले भनिन्, 'ओलीलाई त्यसै टिपेर वरियताक्रममा तेस्रो स्थानमा राखिएको होइन, अध्यक्षमा सम्मानजनक मत ल्याएर हारेको मान्छेलाई सामान्य नेता मान्नु हुन्न ।'
ओलीवारे कसैले असन्तोष व्यक्त गर्न आवश्यक नभएको जिकिर भण्डारीले गरिन् । 'झापा आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनसम्म ओलीको भूमिका कतै आलोच्य छैन,' भण्डारीले भनिन्, '१४ वर्ष जेल विताउनुभएको छ, परिवर्तनका हरेक आन्दोलनमा सहभागी हुनुहुन्छ र वैचारिक रुपमा उहाँजस्तो सशक्त नेता कोही छैन ।' 
ओलीलाई यसखाले भूमिका दिलाउन पार्टीमा यसअघि पनि छलफल अनि प्रयास भएको उनले जानकारी दिइन । पूर्व रक्षामन्त्री भण्डारीले समावेशीका नाममा नेपाली सेनाभित्र कानून विपरीत भर्नाको कुरा गरेर विवादमा ल्याउने कार्य सहृय नहुने बताइन् ।
उनले राजनीतिक रुपमा प्रशिक्षित माओवादीका ६ हजार ५ सय लडाकुलाई सेनामा समायोजन गर्न आवश्यक नभएको उल्लेख गर्दै १२ बुँदे समझदारीले राजी हुनु परेको बताइन । ६ हजार ५ सय लडाकुलाई समायोजन गर्दैमा नेपाली सेनाको व्यवसायीकामा आँच नआउने तर, जातीय आधारमा प्रवेश गराउनासाथ गम्भीर स्थिति उत्पन्न हुने भण्डारीले उल्लेख गरिन् ।

प्रकाशित : पुस १६, २०६८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?